शुक्रबार, वैशाख १४, २०८१

उपचारका लागि बेड कुर्दै कोरोना संक्रमित (फोटोफिचर)

जुली गिरी २०७८ वैशाख २० गते ११:४७

काठमाडौँ । कोरानो भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिएसँगै काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । संक्रमण दर बढ्दै जाँदा अस्पतालहरू भरिएका छन्, भने बेड अभावमा बिरामीहरू अस्पतालको ढोका बाहिर नै बसेर उपचार गर्न बाध्य भएका छन् ।

कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालहरूमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बेडको अभाव भएपछि संक्रमितहरूलाई अन्य अस्पतालमा पठाउन बाध्य भएको छ । बेडको अभाव भएपछि केही बिरामीहरू अन्य अस्पतालमा जानका लागि फर्किएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया