बिहीबार, वैशाख ६, २०८१

कोरोनाका कारण १२ औँ जनगणना स्थगित

मेरोन्यूज २०७८ वैशाख २० गते ११:३३

काठमाडौं । शुरू हुन लागेको १२ औँ जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सुरु गर्न लागेको १२ औँ जनगणनालाई मन्त्रिपरिषदको निर्णयबाट स्थगित गरिएको हो ।

कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको हो । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।

प्रतिक्रिया