बिहीबार, वैशाख १३, २०८१

सेती प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २० गते १०:४२

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।


त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया