बिहीबार, वैशाख १३, २०८१

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना

मेरोन्यूज २०७८ वैशाख २० गते ९:५२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

शर्माले ज्वरो र जिउ दुखाई बढेपछि आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए। डाक्टर अनुप बास्तोलासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको शर्माले बताए ।

‘हाल डेरामै आइसोलेसनमा छु,’ उनले भनेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’

प्रतिक्रिया