शुक्रबार, वैशाख १४, २०८१

आन्तरिक हवाइ उडान रोक्ने मन्त्रिपरिषद्को निर्णय

मेरोन्यूज २०७८ वैशाख १९ गते २०:१५

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर केही अन्तराष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको हो ।

बैठकले भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको छ । अरू देशमा जनस्वास्थ्य मापदण्ड पालना गरेर पूर्ववत् अवस्थामा उडान हुनेछन् ।

प्रतिक्रिया