शनिबार, वैशाख १५, २०८१

प्रतिनिधि सभाको बैठक वैशाख २७ गतेका लागि आह्वान

मेरोन्यूज २०७८ वैशाख १९ गते १९:५४


काठमाडौँ । वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले २७ गते संसद्को बैठक आह्वान गर्नका लागि राष्ट्रपति समक्ष सिमारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने भएका छन् । नेपालको संविधान १०० को धारा (१) बामोजिम विश्वासको मत लिने भएकाले सोही प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यहि वैशाख २७ गते १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशनको आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया