मंगलबार, वैशाख ४, २०८१

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० मिनेटमा एक उडान हुने

मेरोन्यूज २०७८ वैशाख १९ गते १९:१०

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० मिनेटमा एक उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी उक्त उडान गर्ने सहमति भएको हो ।

अब दैनिक ३५ वटा उडान मात्र हुने भएको छ । प्राधिकरणका अनुसार नयाँ कोटा प्रणाली अनुसार बुद्धले दैनिक १८ वटा उडान गर्ने पाउने छ । यस्तै यति एयरलाइन्सले १० वटा उडान गर्ने छ । श्री एयरलाइन्सले ५ उडान गर्ने भएको छ । सौर्य एयरलाइन्सले २ र दूर्गम भेगका लागि एउटा उडान तोकिएको जनाइएको छ ।

त्रिभुवन विमानस्थलबाट हुने उडान संख्याको कोटा तोकिपछि वायुसेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन् ।

प्रतिक्रिया