शुक्रबार, वैशाख ७, २०८१

पुर्व रानी कोमलको स्वास्थ्य अवस्था स्थिर

मेरोन्यूज २०७८ वैशाख १९ गते १८:५४

काठमाडौं । कोरोना संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा गत बैशाख ७ गतेबाट उपचाररत छिन् ।

उनलाई बिहीबार प्लाज्मा दिइएको थियो । उनलाई बिहिबार प्लाज्मा थेरापी सुरु गरिएको थियो तर प्लाज्मा दिँदा पनि सुधार नभएको अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार उनलाई शरिरमा अक्सिजनको मात्रा बढ्न सकेको छैन भने प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइरहेको छ।

स्वास्थ्य स्थिर र गम्भीर रहेको छ । पुर्व राजा ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन्। उनीहरूको स्वास्थ्य सामान्य छ।

प्रतिक्रिया