शुक्रबार, वैशाख ७, २०८१

मन्त्री त्रिपाठीले लुम्बिनी प्रदेशमा एमालेलाई धोका दिएकै हुन् त ?

मेरोन्यूज २०७८ वैशाख १९ गते १८:३७

काठमाडौँ । संघिय सरकारमा स्वास्थ्य तथा जनसख्या मन्त्री रहेका हृदयेश त्रिपाठीले लुम्बिनी प्रदेशमा एमालेलाई धोका दिएको आशंका प्रदेशका एमाले नेता तथा कार्यकर्ताले गरेका छन् । नेकपा एमालेको चुनाव चिनह सूर्यबाट २०७४ सालको प्रदेश सभामा चुनाव जितेका लुम्बिनी प्रदेशका दुई सांसद एमालेलार्ई छोडेर माओवादी(काग्रेसको गठबन्धनमा लागेका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरलेको साथ छोडेर उनीहरु माओवादी काग्रेसको गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार रहेका कुलप्रसाद केसीलाई साथ दिएका हुन् । केन्द्रमा स्वास्थ्य मन्त्री रहेका हृदयेश त्रिपाठी समूहका धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । शाही पश्चिम नवलपरासीबाट निर्वाचित भएका हुन् भने श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित भएका हुन् । उनीहरुले आफूहरु सूर्य चिनहबाट चुनाव जिते पनि एमाले नभएको भन्दै माओवादी(कांग्रेस गठबन्धमा लागेको बताएका छन् ।


मन्त्री त्रिपाठीको ग्रिन सिग्नलपछि उनीहरूले सो कदम चालेको लुम्बिनी प्रदेशमा चर्चा छ । यसअघि नेकपा विभाजन हुदा हृदयेश त्रिपाठी नेकपा ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने गरेका थिएनन् । तर सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाछुट्टै दलको मान्यता दिएलगत्तै मन्त्री भईराख्ने आकांक्षा सहित उनी नेकपा ओली समूहको संसदीय दलको बैठकमा सहभागी भएका थिए ।

शाही र श्रीवास्तावले एमालेको साथ छोड्दा त्रिपाठीलाई स्वभाविक रुपमा जानकारी हुन्छ । यससँगै मन्त्री त्रिपाठीको केन्द्रमा पनि भूमिका शंकास्पद रहेको आशंका गरिएको छ । यस्तै भूमिका दोहरिए उनको मन्त्री पदबारे सोच्नुपर्ने निश्कर्षमा एमाले नेतृत्व पंक्ति पुगेको छ ।

प्रतिक्रिया