शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओली एकै दिन दुई पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा

मेरोन्यूज २०७८ वैशाख १९ गते १८:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकै दिन दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

दिउँसो पार्टीको बैठकमा लुम्बिनी प्रदेशको राजनीतिका बारेमा ब्रिफिङ गरेर शितल निवास गएका प्रधानमन्त्री ओली अहिले मन्त्रीपरिषदको बैठक चलिरहदा पनि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका जनाइएको छ । प्रधानमन्त्री ओलीले आगामी २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

त्यसैका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक चलिरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएको जनाइएको छ ।

प्रतिक्रिया