शुक्रबार, वैशाख ७, २०८१

बलात्कारको अभियोग लागेका पूर्व डिएसपीले पाए सफाई

मेरोन्यूज २०७८ वैशाख १९ गते १८:२३

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिएसपी राज कुमार खिउजुलाई अदालत सफाई दिएको छ ।

गत ९ बैशाखमा जिल्ला अदालत ललितपुरका जिल्ला न्यायाधीश देवबहादुर गिरीको इजलाशले जबरजस्ती करणी अभियोग लागेका पूर्व डिएसपी खिउजुलाई सफाई दिएको हो ।

उनिविरुद्ध गत वर्ष १४ जेठमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा एक सेवाग्राही युवतीलाई बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । आफूविरुद्ध उजुरी परेलगत्तै राजीनामा दिएर उनी फरार भएका थिए ।

प्रहरी रिपोर्ट बनाउन वृत्त पुगेकी किशोरीलाई सहयोग गरिदिने बहानामा उनले पटक पटक बलात्कार गरेको उजुरी दियो । सम्बन्ध राखेको भिडियो खिची ब्लाकमेलिङ गरेको समेत पीडितको भनाई छ ।

प्रतिक्रिया