बिहीबार, वैशाख १३, २०८१

सोलुखुम्बुबाट ३ थान भरुवा बन्दुक सहित १ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १९ गते १६:५३

सोलुखुम्बु । सोलुखुम्बुबाट तीन थान बन्दुक सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेसँग भएका अन्य ४ जना फरार भएको जनाएको छ ।

जिल्लाको सोताङ गाउँपालिका १ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान व्याट्री प्रहरीले फेला पारेको हो । सोही गाउँपालिका बस्ने दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गिरी समेत ५ जना शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएको आवाज सुनेपश्चात प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीलाई देख्ना साथ अन्य ४ जना हतियार फाली फरार भएपछि उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया