बिहीबार, वैशाख १३, २०८१

लकडाउनमै चम्क्यो नेप्से

मेरोन्यूज २०७८ वैशाख १९ गते १६:२२

काठमाडौं । लकडाउनसँगै कारोबार भएको साताको पहिलो दिन आइतबार नेप्सेमा हरियो रंगले तहल्का मच्चाएको छ । शेयर कारोबार हुने कम्पनीको मापक बजार परिसुचक ५४ अंकले चम्किएको छ ।

कारोबारमा आएको सुधारसँगै नेप्से अघिल्लो दिनको तुलनामा २ दशमलब ७ प्रतिशतले सुधार आई २ हजार ६ सय ६६ दशमलब १ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार कारोबार रकममा पनि सकारात्मक संकेत देखिएको छ । कारोबार भएका कूल २ सय २६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरका १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता शेयर किनबेच भए ।

बैंकहरुमा देखिएको सुधारले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएकाले पनि आइतबारको शेयर बजारमा हरियाली छाएको हो ।

प्रतिक्रिया