मंगलबार, वैशाख ११, २०८१

एमालेको निर्णय : कोरोना संक्रमितलाई उपचार गर्न सरकारको ध्यानाकर्षण गराउने

मेरोन्यूज २०७८ वैशाख १९ गते १५:१७

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेको आज बसेको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको उपचारका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले कोरोनाका संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार शैय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको थप प्रबन्ध गर्न र अन्य तयारीमा तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार पौडलले जानकारी दिए ।

साथै बैठकले समग्र पार्टी पंक्तिहरुलाई कोभिडविरुद्धको लडाईँमा स्वयमसेवीका रुपमा परिचालित हुन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया