बिहीबार, वैशाख १३, २०८१

एमालेका प्रदेश सांसद खत्री माओवादीमा प्रवेश, पुनः मुख्यमन्त्री बन्न पोखरेललाई कठिन

मेरोन्यूज २०७८ वैशाख १९ गते १४:०३

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिई नेकपा एमालेको एकल बहुमतमा पुनः सोही पदमा जान कठिन हुने भएको छ ।

आफ्नो पार्टीका प्रदेशसभा सदस्य विमला कुमारी खत्री नेकपा एमालेबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसँगै एकल पार्टीको बहुमतमा पुनः मुख्यमन्त्री बन्ने पोखरेललाई कठिन हुने भएको हो ।

‘२०७६ मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)को तर्पmबाट निर्वाचन क्षेत्र ख दाङ र ३(२) बाट लुम्बिनी प्रदेश सभा सदस्य पक्षमा निवार्चन भएको छु । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) दुई दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर एकता गरेको सबैलाई जानकारी छ,’ विज्ञप्तिमा खत्रीले भनेकी छन्, ‘पछि सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट्र पार्टी नेकपालाई मान्यता नदिई पुरानै खल कायम गरिएको हुनाले म निर्वाचीत भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु । र, आजैबाट यस दलको लुम्बिनी प्रदेशसभा दल सदस्य भएको यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छु ।

मुख्यमन्त्री शंकर पोखरेलले आजै वस्न लागेको प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नवसी अन्त्य गर्न सिफारिस समेत गरेका थिए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य पनि गराईदिए । तर आजै नयाँ मुख्यमन्त्रीका रुपमा सपथ लिन खोजेका शंकर पोखरेललाई विमलाको माओवादी प्रवेशले ठूलै झट्का दिएको छ ।

विमालको माओवादी प्रवेश सागै एमालेको वुहमत गुमेको छ । एमाले ४० सिटमा सिमित हुन पुगेको छ । वहुमतका लागि उसलाई एक सिट अपुग भएको छ ।

मुख्यमन्त्री को विपक्षमा रहेको काग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग पनि ४० नै सिट छ । यो महागठवन्धन मुख्यमन्त्री विरुद्ध एकजुट भएको अवस्था लुम्विनी प्रदेश सभामा छ ।

एमाले सँग ४० र विपक्षी गठवन्धनसाग पनि ४० नै सिट रहेको अवस्थामा अव सभामुखको मत निर्णायक हुने देखिएको छ । सभामुख माओवादी केन्द्रबाट निर्वाचित भएका पूर्ण घर्ती छन् ।

बराबर अवस्थामा रहेमा उनले निर्णायक मत प्रयोग गर्न पाउनेछन् ।

विपक्षीहरुले वहुमत नपुग्दैको अवस्थामा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया