बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सरकारले गर्‍यो आव्हान

मेरोन्यूज २०७८ वैशाख १९ गते १३:३१

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोगको बिरामी बढ्दै गएपछि सरकारले गैह्रसरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई संक्रमितको उपचार गर्न आव्हान गरेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय काठमाडौँले आइतबार सूचना जारी गदै कोभिड उपचारका लागि ३ दिनभित्र सूचीकृत हुन जिल्लाका २५ देखि २ सय बेडसम्मका गैह्रसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचित गरेको छ ।

सूचिकृत हुने अस्पतालको आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल विरामी उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलबध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया