बिहीबार, वैशाख १३, २०८१

लकडाउनमा सुनको मुल्य महंगो

मेरोन्यूज २०७८ वैशाख १९ गते १२:४४

काठमाडौ । कारोबार हुने साताको पहिलो दिन आज आइतबार सुन प्रतितोला १०० रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा किनबेच भएको सुन आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी भने गत साता समान रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएको चाँदी आइतबार पनि सोही मुल्यमा खरिदबिक्रि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लकडाउनका कारण अधिकांश स्थानमा सुनचाँदी पसल बन्द भएपनि खुला प्रदेश र क्षेत्रमा भने कारोबार भएको महासंघको दाबी छ ।

प्रतिक्रिया