शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री ओलीले उद्घाटन गरे ‘नागरिक एप’

मेरोन्यूज २०७८ वैशाख १९ गते १२:३१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले यस एप उद्घाटन गरका हुन् ।

प्रधानमन्त्री ओलीले यसै एपको क्युआर कोडको प्रयोग गरी नेपाल बैंक लिमिटेडमा खाता खोलेका थिए । उनले एक भर्चुअल कार्यक्रममार्फत एपको उद्घाटन गरी बैंकमा खाता खोलेका हुन् ।

यस्तै, यस एपबाट नागरिकले मतदान, पासपोर्ट, प्रहरी रिपोर्ट, प्यान नम्बर, सवारी साधनको राजस्व तथा शुल्क, आफ्नो जग्गाको लालपुर्जा हेरी करसमेत तिर्न सकिने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए । यसबाट आगामी दिनमा लोकसेवाको फर्म भर्ने र सिमकार्ड निकाल्न सक्नेसम्मको काम भइरहेको उनले बताए ।

यसअघि सार्वजनिक गरिएको यस एप करिब पाँच लाखपटक डाउनलोड भइसकेको छ ।

प्रतिक्रिया