मंगलबार, वैशाख ११, २०८१

लुम्बिनी प्रदेश सभा अन्त्य गर्न सिफारिस

मेरोन्यूज २०७८ वैशाख १९ गते १२:२३

काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गर्न त्यहाँको कामचलाउ सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतमा बसेको मनित्रपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा आजै दिउँसो १ बजेका लागि बोलाईएको थियो । अविश्वास प्रस्तावमाथी छलफल गर्ने कार्यसूचि रहेपनि मुख्यमन्त्री पोखरेल स्वंमले राजीनामा दिएपछि अधिवेशन आवश्यक नरहेको निश्र्कषका साथ सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आज दिउासो १ वजेवाट लागु हुने गरी अधिवेशन अन्तयको सिफारिस गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको राजीनामा माग थियो, मुख्यमन्त्रीले राजीनामा दिएपछि अधिवेशन आवश्यक देखिएन, सरकारले अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष गर्ने निर्णय गरेको छ,’ चौधरीले मेरोन्यूजसँग टेलिफोनमा भने ।

प्रदेश सभामा जसपाका ४ र माओवादी केन्द्रका २ सांसदको पद स्वत गुमेपछि एमाले एक्लै वहुमतमा थियो । सोही कारण अविश्वास प्रस्तावको सामना गर्ने भन्दा राजीनामा दिएर नयाा प्रक्रियाबाट सरकार बनाउने गरी मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

उनको राजीनामा पछि एमाले दलको बैठकले आजै एमाले एक्लैको वहुमतको सरकार गठनको लागि दावी गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया