शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनीमा शंकर पोखरेलको नेतृत्वमा एमालेले एकल सरकार बनाउने

मेरोन्यूज २०७८ वैशाख १९ गते १२:०४

काठमाडौं । विपक्षी पार्टीहरुले आफु विरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावलाई निश्प्रभावी बनाउन मुख्यमन्त्रीबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल कै नेतृत्वमा त्यहाँ एमालेको वुहमतको एकल सरकार बनाउने एमाले संसदीय दलको बैठकले निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको बैठकले एमालेको वहुमतको एकल सरकार बनाउने निर्णय गरेको हो ।

विगतमा माओवादी केन्द्रको समेत साथ र समर्थनमा लुम्विनी प्रदेशमा दुई दलीय गठवन्धन सरकार बनेको थियो । तर अहिले जसपाका ४ सांसद र माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएपछि एमाले एक्लैको वुहमत प्रदेश सभामा देखिएको छ ।

आज बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

उनले एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णयसमेत भएको बताए । ‘आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्तिपछि बिस्तारै मन्त्रिमण्डल विस्तार हुनेछ ।’

एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ । जुन एमाले एक्लैको पुग्छ ।

पोखरेलले नयाा प्रक्रियावाट सरकारको नेतृत्व गरेर विश्वासको मत लिने बाटोमा लागेपछि काग्रेस, माओवादी र जसपाले दर्ता गराएको अविश्वास प्रस्ताव निश्प्रभावी भएको छ ।

अविश्वासको प्रस्ताव सामना नगरी संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री बनेका पोखरेलले अव संविधानको धारा १६८ (१) बमोजिम नया सरकार गठन गर्न आजै विहान राजीनामा दिएका थिए ।

उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । उनले आजै नयाँ प्रक्रियावाट नयाा सरकार गठनको प्रक्रिया अगाडी वढाउने र सम्भवत आजै मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया