बिहीबार, वैशाख ६, २०८१

यी हुन दाङमा कारभित्र मृत भेटिएका ३ बालक, गाडि मालिक र चालक पक्राउ

मेरोन्यूज २०७८ वैशाख १९ गते ९:२६

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ मा पार्किङ गरी राखिएको कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय कारमा मृत भेटिएका उनीहरुको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, किरण परियारका ७ वर्षीय छोरा करण र सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण मृत भेटिएको हो ।

अनुसन्धानका लागि गाडी मालिक यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको र उक्त भारतीय गाडी चैतमा नै गैरेले ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

स्याउली बजारमा पार्किङ गरी राखिएको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।

तीनैजना बालक वैशाख १६ गतेदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेको ईलाका प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

यो पनि https://www.meronews.com/2021/05/38779.html

प्रतिक्रिया