शुक्रबार, वैशाख १४, २०८१

सीसीएमसीको निर्णय अनुमोदन गर्न आज मन्त्रिपरिषद बैठक बस्दै (सीसीएमसीको निर्णय सहित)

मेरोन्यूज २०७८ वैशाख १९ गते ९:१७
फाइल फोटो

कठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको प्रस्तावमाथि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बसने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

हिजो बसेको सीसीएमसीको बैठकले आवागमन व्यवस्थापन गर्न निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाहरु एक चौथाई शाखाहरुमा एक चौथाई कर्मचारी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

त्यसमा राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने उल्लेख छ । अत्यावश्यक बाहेकका कार्यालयहरु एक चौथाई कर्मचारीले सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो ।

यस्तै उद्योग व्यवसायका हकमा कर्मचारी एवम श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी सञ्चालन गर्ने, कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री उत्पादन गर्ने उद्योगले स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो । सीसीएमसीले के के निर्णय गरेको थियो त ?

प्रतिक्रिया