मंगलबार, चैत ६, २०८०

आइपीएल क्रिकेटमा मुम्बईको सानदार जीत, पोलार्डको बिस्फोटक ब्याटिङ

मेरोन्यूज २०७८ वैशाख १९ गते ८:००

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ ।

गएराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गर्दै मुम्बईले सानदार जित निकालेको हो । चेन्नइले दिएको २१९ रनको लक्ष्य मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका कायरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ८७ रन बनाउँदै अविजित रहे । उनले ८ छक्का र ६ चौकाको मद्दतमा ८७ रन जोडेका हुन् ।

क्विन्टन डि ककले ३८, कप्तान रोहित शर्माले ३५, क्रुनल पाण्डेयले ३२ र हार्दिक पाण्डेयले १६ रन बनाए । सुर्यकुमार यादव ३ रनमा आउट भए ।

चेन्नइका साम करनले सर्वाधिक ३ विकेट लिंदा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए ।

Advertisement

यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

चेन्नइका लागि मोइन अलीले ५८, फाफ डु प्लेसिसले ५० रन बनाउँदा अम्बाती रायडुले नटआउट ७२ र रविन्द्र जडेजाले २२ रन बनाए ।

बुम्बईका कायरन पोलार्डले २ तथा ट्रेन्ट बउल्ट र जसप्रित बुमराहले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले ७ खेलबाट ८ अंक जोडको छ ।

आइपीएलमा आज थप दुई खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो साढे ३ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदरवाद आमनेसामने हुँदा बेलुका साढे ७ बजे पञ्जाब किङ्स र देल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन् ।

आइपीएलको २७ वटा म्याच सकिंदा चेन्नई १० अंक सहित शीर्ष स्थानमा छ । देल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलोर समान १० अंक नै भएपनि रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् ।

मुम्बई ८ अंक सहित चौथो स्थानमा छ । पञ्जाव ६ अंक सहित पाँचौं स्थानमा रहँदा कोलकत्ता र राजस्थान समान ४ अंक सहित छैटौं र सातौं स्थानमा छन् । सनराइजर्स भने २ अंक सहित अन्तिममा छ ।

प्रतिक्रिया