शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफलः वैशाख १९ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १९ गते ६:२३

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको १९ गते आइतबार, वैशाख कृष्णपक्षको षष्ठी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
आत्माबल बलियो हुने छ । आमाको साथका कारण कठिनाईसँग जुध्ने साहस प्राप्त हुने छ । मन पनि दृढ बन्ने भएकाले अप्ठ्यारो समयमा पनि दृढता प्राप्त हुने छ । बोल्ड ब्यक्तित्व हुने छ । ब्यापार ब्यवसाय तथा पेशामा भने आशातित सन्तोष हुने छैन । तथापी धेरै निराशा पनि हुने छैन । पेशागत जीवनमा थप जिम्मेबारी निर्वाह गर्नु पर्ने हुन्छ ।

वृष
मनमा उदासिनता उत्पन्न हुने छ, उत्साह र उमङ्गको कमि हुने छ । चिसो तथा रुघाखोकी जस्ता समस्याले च्याप्ने छ । ब्यक्तित्वमा बोल्डपन देखिए पनि सँगै रिस बढि उठ्ने भएकाले रिस यिन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । दाम्पत्य जीवनमा केही कटुता आउने छ । साझेदारमा गरिएका कामहरुबाट सकारात्मक नजिका आउने छ । राजनीति तथा प्रशासन क्षेत्रमा सहभागिहरुको हकमा आफुले खेलेको भुमिकाको उचित मूल्यांकन हुने अवस्था छैन् ।

मिथुन
दाम्पत्य जीवनमा मधुरता उत्पन्न हुने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । तर बोलीको प्रभाव कम हुने भएकाले बोलीको गाम्भिर्यतामा कमि आउन जाने छ । बोल्ड ब्यक्तित्व हुने छ, त्यसैले कसैले पनि हेप्न भने सक्ने छैनन् । पेशागत जीवन भने सकारात्मक रहने छ । नेतृत्व क्षमतामा बृद्धि हुनेछ भने पेशागत महत्वपूर्ण जिम्मेबारी निर्वाह गर्ने अवस्था आउने छ ।

कर्कट
मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । मेहनती र लगनशिलता बढ्ने छ । आफ्नो मेहनतबाट अघि बढ्ने र कार्य सम्पन्न गर्ने लगनशिलता बस्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट फाइदा हुने छन् । अध्ययनमा त्यति मन जाने छैने ।

सिंह
अध्ययन, अध्यापनमा मनमा दुविधा भइरहने छ । भाग्य बलियो रहेकाले प्रतिकुल समयमा पनि संयमित रहने तागत प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुनेतर्फ जाने छन् । पेशागत जीवनमा र ब्यावसायिक जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । नेतृत्व क्षमतामा थप निखारता देखा पर्ने छ । दाम्पत्य जीवनमा मधुरताको कमि उत्पन्न हुने छ । साझेदारीमा गरिएका कामहरुमा केही उल्झनहरु देखा पर्ने छन् ।

कन्या
आफ्नो मेहनतबाट भएको आम्दानीबाट सुख प्राप्त हुने छ । मनोकांक्षा पुरा हुनेतर्फ देखा पर्ने छन् । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्कतासहित निर्णयहरु लिनु पर्ने समय छ । छोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । भाग्यहिनताको अनुभुति हुने छ, यसले केही निराशा ल्याउने छ । साझेदारीका कामहरुमा केही प्रतिकुला उत्पन्न हुने भएकाले सतर्क रहँदा नोक्सानीबाट बच्न सकिने छ ।

तुला
भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बृद्धि हुने छ । यसले आँटेका कुराहरु प्राप्त हुने दिशामा केन्द्रीत गर्ने छ भने मनोबल उच्च रहने छ । दाम्पत्य जीवनमा कसले नेतृत्व लिने भन्ने विषयले स्थान लिन पुग्दा केही कटुता उत्पन्न होला । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुन पुग्ने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ ।

वृश्चिक
बोलीमा निकै मधुरता आउने छ । परिवारप्रति समर्पित हुने स्वाभाव देखा पर्ने छ । पारीवारिक मिलन हुने छ । भाग्य पनि बलियो रहेको छ । ब्यक्तित्वमा भने केही दुविधा देखा पर्ने छ । पेशागत जीवनमा भने केही चुनौतिहरु र विवाद देखा पर्ने छ । पेशागत जीवनमा उतारचढाव आउने छ । शत्रु बृद्धि हुने भएता पनि उनीहरुसँग जुध्ने केही तागत प्राप्त हुने छ ।

धनु
नरम र सितल खालको ब्यक्तित्व हुने छ । भाग्यको साथ रहनाले प्रतिकुल अवस्थासँग पनि जुध्न तागत भने प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । मनमा अनावश्यक दुविधा र चिन्ता भने थपिने छ । मन उदास रहनाले ब्यक्तित्वमा दुविधा उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा बादबिबाद बढ्न सक्ने भएकाले समझदारीमा अघि बढ्दा उपयुक्त हुने देखिन्छ ।

मकर
दाम्पत्य जीवनमा कटुता र द्वन्द चर्किने भएकाले सतर्क रही कम भन्दा कम बिबादमा जानु होला । ब्यक्तित्वमा भने दृढता थपिने छ, सँगै रिसको मात्रा पनि अत्याधिक बृद्धि हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनुहोला । पेशागत जीवन र व्यवसायमा थप जिम्मेबारी लिनु पर्ने देखिन्छ । लेनदेनको विषयमा बिबाद चर्किने छ ।

कुम्भ
स–साना रोग ब्याधिले च्याप्ने छ । खासगरी चिसोसँग सम्बन्धि समस्याले पिरोल्ने छ । आम्दानी गर्नु पर्दछ भन्ने विषयले प्राथमिकता पाउने भएकाले मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । लक्ष्य, सपना तथा महत्वाकांक्षाहरु प्राप्त हुन जाने छन् । धन सम्पत्तिका विषयमा देखा परेका बिबादहरु मत्थरतातर्फ जाने छन् । छाति, माथिल्लो पेट, ग्याष्ट्रिक तथा स्तन सम्बन्धि विषयमा सतर्क रहनु होला ।

मीन
भित्रि बुद्धिको सहायताले पेशागत र ब्यवसायिक जीवनमा लाभ प्राप्त हुने छ । कर्म बलियो बनेर जाने छ । भाग्यको बलियो साथ रहेकाले मनमा दृढता बढ्ने छ । तर बाहिरबाट हेर्दा ब्यक्तित्वमा भने दृढताको कमि देखिने छ । बोलीमा आउने कडापनले पारीवारिक सम्बन्धमा कटुता ल्याउने भएकाले विचार गरेर मात्र छलफलमा भाग लिनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया