बिहीबार, वैशाख १३, २०८१

दाङमा पार्किङ गरिएको कारभित्र तीन बालकको शव फेला

मेरोन्यूज २०७८ वैशाख १८ गते २२:२०

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा पार्किङ गरी राखिएको कारभित्र तीन बालकको शव फेला परेको छ । तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो ।

उक्त गाडी स्याउली बजारमा गत माघ महिनादेखि पार्किङमा रहेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । मृतकको पहिचान खुलेको छैन ।

प्रतिक्रिया