शुक्रबार, चैत १६, २०८०

नेपालगञ्जमा थप तीन संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते १८:०६

नेपालगञ्ज । नेपालगञ्ज अस्पतालमा भर्ना भएका थप तीन कोरोना संक्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए ।

उनका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो । यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको स्रोत व्यक्ति तेज वलीले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ । रासस

प्रतिक्रिया