बुधबार, वैशाख १२, २०८१

थप ५ हजार ७६३ जनामा कोरोना पुष्टि

१९ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ७५७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर र ५६६ एन्टिजेन्ट परीक्षण गर्दा ५ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा १९ जना संक्रमितको ज्यान गएको छ । भने एक हजार २८७ जना संक्रमित कोरोना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया