शुक्रबार, वैशाख १४, २०८१

१९ औँ शताब्दीका क्रुर तानशाहहरु

जसले मानवतामाथि ठूलो संकट खडा गर्यो

दया दुदराज २०७८ वैशाख १८ गते १६:४२


काठमाडौँ । इतिहास यस्ता व्यक्तिहरू पनि छन्, जसले सत्तामा रहन सबै नियम कानुनहरुको पालना गरेनन् मात्रै विश्वमा मानवताका लागि ठूलो संकटसमेत खडा गर्यो । आज हामी संसारका ८ त्यस्ता ठूला तानाशाहको बारेमा बताउँछौँ । जसको कुकर्मले सम्पूर्ण विश्वलाई एक शताब्दीभर डरको वातावरण सिर्जना गराए ।

एडोल्फ हिटलर

एडोल्फ हिटलरको जन्म सन १८८९ अप्रिल २० मा अस्ट्रियाको ब्राउनउ इनमा भएको हो । उनी विश्वभर हिटलर नामले परिचित छन् । उनको नाम नै एउटा क्रुर मानिन्छ । एडोल्फ हिटलर राष्ट्रिय समाजवादी जर्मन वर्कर्स पार्टीका नेता थिए । र, धेरै वर्षसम्म उनी जर्मनीका शासक बने । हिटलर दोस्रो विश्व युद्धका लागि सबैभन्दा जिम्मेवार ठानिन्छ ।

उनको कमान्डमा नाजी सेनाले पोल्याण्डमा आक्रमण गरे । फ्रान्स र बेलायतले पोल्याण्डलाई सुरक्षा दिने वचन दिएका थिए । र, उनीहरूले दुवै नाजी जर्मनीविरूद्ध युद्धको घोषणा गरे । हिटलर युरोपको जमिन नष्ट गर्नका लागि सबैभन्दा क्रुर शासकको रूपमा परिचित भए । हिटलरले यहुदीहरूको रगतले युरोपको धर्तीलाई रातो बनाए । आज पनि उनको नाम उत्तिकै कुु्रर शासकका रुपमा परिचित छ । उनको मृत्यु १९४५ अप्रिल ३० मा भएको हो ।


पल पट

पल पटको जन्म सन १९२५ मे १९ मा कम्बोडियामा भएको हो । पल पट र उसको सेनाले सन १९७५ मा कम्बोडिया कब्जा गरे । उनी १९७६ मा नयाँ कम्युनिष्ट सरकारको प्रधानमन्त्री बने र आफ्नो तानाशाही व्यवस्था सुरु गरे । उनले निजी किसानका सम्पत्ति, मुद्रा र थुप्रै शहरहरू ध्वस्त पारे जसमा माओवादी किसान संस्था गठन भयो ।


यसको शासनको समयमा करिब २० प्रतिशत जनसंख्या जबरजस्ती श्रम, अनिकाल आदिले मारिए । जसकारण उनलाई पनि एक कु्रर शासकका रुपमा चिन्न सकिन्छ । उनको मृत्यु १९८९ अप्रिल १५ मा भएको हो ।

ईदी अमीन

इदी अमिनको जन्म १९३५ मे १७ मा भएको थियो । उनलाई युगाण्डाका शासक भनेर चिन्न सकिन्छ । युगान्डाका शासक इदी अमिनले १९७१ मा सत्ता कब्जा गरे । उनले युगाण्डामा करिब ८ वर्ष शासन गरे । तर, ती आठ वर्ष ८० वर्ष जनताका लागि शोकको स्थिति बने ।


शासक अमिन ५० हजार व्यक्तिको मृत्युको जिम्मेवार थिए । उनी अहंतावादी स्वभावका थिए । उनी सबैमा आफुजस्तो बलियो र वुद्धिवान कोही नभएको ठान्थे । अमिन सम्मानित हुन बढी रुचि राख्थे । जसकारण उनी हरेकदिन नयाँ सम्मेलनहरू र समारोहहरू आयोजना गरेर आफूलाई सम्मान गर्न लगाउँथे । अमिन आफैले युगाण्डाको उत्कृष्टता राष्ट्रपति घोषणा गरेका थिए । उनको मृत्यु १६ अगष्ट २००३ मा भएको थियो ।

बेनिटो मुसोलिनी

बेनिटो मुसोलिनीलाई बढी मात्रामा मुसोलिनी भनेर चिनिन्छ । उनको जन्म जुलाई सन् १८८३ इटलीको प्रदापिओ भन्ने ठाउँमा भएको हो । बेनिटो मुसोलिनी इटालीका नेता थिए जसले राष्ट्रिय फासिस्ट पार्टीको नेतृत्व गरेका थिए । उनी फासीवादको दर्शनको जग बसाल्ने मुख्य व्यक्ति थिए । उनले दोस्रो विश्वयुद्धमा अक्ष समूहमा सँगै लडे, अठार वर्षको उमेरमा उनी एक विद्यालयमा शिक्षक भए ।

उनी १९ वर्षको उमेरमा स्विजरल्याण्ड भागे । मुसोलिनीले १९३५ मा एबिसिनियामा आक्रमण गरे र दोस्रो विश्वयुद्ध सुरु भएको इतिहासकार बताउँछन् । आज पनि उनको नाम कु्रर शासकका रुपमा नै परिचित छ ।

याह्या खान

उनको मृत्यु सन् १९४५ अप्रिल २८ मा भएको थियो । याह्या खान जनरल आगा मोहम्मद याह्या खानको जन्म ४ फेब्रवरी १९१७ पाकिस्तानको चक्वाल भन्ने ठाउँमा भएको थियो । उनले १९६९ मा पाकिस्तानको सत्ता हातमा लिए । उनले सत्ता हातमा लिएसँगै पाकिस्तानमा मार्शल कानून लागू गरे ।

याह्या खानले राजनीतिक कुचलनका लागि पूर्वी पाकिस्तानमा सेना र सुरक्षा बल प्रयोग गरे । जसको कारण सन् १९७१ मा भारत र पाकिस्तानबीच युद्ध भयो । बंगलादेशको ढाका र भारतको सेनाअगाडि आत्मसमर्पण गरेपछि उनी पाकिस्तानको सबैभन्दा ठूलो खलनायक बने । जुल्फिकार अली भुट्टोले उनको ठाउँ लिए र उनलाई नजरबन्दमा राखे । १० अगष्ट १९८० मा याह्याको मृत्यु भएको थियो ।

किम जोग इल

किम जोग इलको जन्म फेब्रवरी २६ १९४२ रसियामा भएको थियो । किम जोग इल आफ्नो बुबा किम उल सुंगको मृत्युपछि तानाशाह बने । उत्तर कोरिया सरकारको गोपनीयताको बारेमा इल ज्ञात थिएनन् । उनी संसारको राजवंश कम्युनिष्ट शासक थिए । मानव अधिकारको हत्या गर्न र जनतालाई डराउन मिसाइलहरूको परीक्षण गरेकोमा उनको आलोचना गरिएको थियो । उनको तानाशाही मनोवृत्तिले संयुक्त राज्य अमेरिकालाई २००२ मा इरान र इराकको साथ उत्तर कोरियालाई एभिसिस अफ एभिलु घोषणा गर्न प्रेरित ग¥यो ।


तर, किमले दक्षिण कोरिया र अन्य देशहरूसँगको सम्बन्धको कुनै अर्थ राखेनन् । उत्तर कोरियाले यस अवधिमा धेरै कठिनाईहरूको सामना गर्यो । जोगंको तानाशाही मनोवृत्तिले उत्तर कोरियालाई अर्थ व्यवस्थाको क्षेत्रबाट अलग्गै छोडियो । राजवंश कम्युनिष्ट जोंग इलको मृत्यु १७ डिसेम्बर २०११ मा भएको थियो ।

मुअम्मर अल गद्दाफी
मुअम्मर अल गद्दाफी कर्नल गद्दाफीको रूपमा परिचित थिए । उनको जन्म ७ जुन १९४२ मा लिबियामा भएको हो । कर्नल मुअम्मर गद्दाफीले ४२ वर्षसम्म लिवियामा शासन गरे । उनी अरबी देशहरुमा लामो समयसम्म राज गर्ने तानाशाह रहे । गद्दाफीले भ्रष्टाचारको माध्यमबाट सम्पत्ति कमाएर विदेशी बैंकमा जम्मा गरेको आरोप लगाइएको छ ।


ट्युनिसियापछि गद्दाफीको मनोवृत्ति र तानशाही प्रवृत्तिविरुद्ध इजिप्टमा प्रदर्शनहरू गरायो । मोरोक्कोका राजाले जनमत संग्रह गरे । तर, गद्दाफीले आफ्नो जनताको मनस्थिति अनुमान गर्न सकेनन् र अरबी क्रान्तिको शिकार भए । २० अक्टूबर २०११ को एक संदिग्ध सैन्य हमलामा उनको मृत्यु भयो ।

सद्दाम हुसेन
सद्दाम हुसेनको जन्म २८ अप्रिल १९३७ मा बगदादको उत्तरमा टिक्रितको नजिकको अल ओजा गाउँमा भएको थियो । उनको जन्म हुनुअघि नै उनका पिताको मृत्यु भएको थियो । हुसेन दुई दशकसम्म इराकका राष्ट्रपति थिए । बच्चाहरू कुट्छन् भन्ने डरले सद्दाम सानो हुँदासमेत आफ्नो साथमा फलामको रड सधैँ आफूसँगै राख्थे त्यो फलामको छडीले पशुहरूलाई कुटपिट गर्ने गर्थे ।

उनले सुन्नी जगतमा आफ्नो छुट्टै छवि सिर्जना गरे र पर्दापछाडि छुट्टै समूहको तयारी गरिरहे । १६ जुलाई १९७९ मा उनले अल-बकरलाई सत्ताबाट हटाए । आफै इराकी सिंहासनमा बसे । अमेरिकाले उनलाई अमेरिकी जनताको लागि खतरा ठान्थ्यो । जसले अमेरिकाले उनलाई फाँसी दिइएको थियो । एजेन्सीहरुको सहयोगमा

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया