शुक्रबार, वैशाख ७, २०८१

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने

मेरोन्यूज २०७८ वैशाख १८ गते १५:१६

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको बताए ।

उनले भने “अबको १० दिनसम्ममा नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर आइपुग्छ । ”चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) को बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।

यसैगरी ,गत साता सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरुको छलफल पछि २० हजार थान सिलिन्डर खरीद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।

प्रतिक्रिया