शनिबार, वैशाख १५, २०८१

श्रमिकको पारिश्रमिक बढ्यो, अब महिनामा १५ हजार रुपैयाँ पाउने

मेरोन्यूज २०७८ वैशाख १८ गते १४:२१

काठमाडौँ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएर न्यूनतम १५ हजार रुपैयाँ बनाएको हो । यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो ।

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गरेका हुन् । उनले आगामी दिनमा मासिक रुपमा मात्र नभई दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केलअनुसार पारिश्रमिक पाउने बताए ।

प्रधानमन्त्री ओलीका अनुुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ पाउँछन् । त्यस्तै, अब श्रमिकले प्रतिघण्टा ७७ रुपैयाँ पाउने छन् ।
यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्षदेखि मात्र लागू हुने सरकारले जनाएको छ ।

प्रतिक्रिया