शनिबार, वैशाख ८, २०८१

डिस्चार्ज हुँदै कलाकार श्रेष्ठले भने : शरीर फलामजस्तो लाग्थ्यो तर हावा रहेछ

मेरोन्यूज २०७८ वैशाख १८ गते ११:४९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आज डिस्चार्ज भएका छन् । अस्पताल बसाईको आठ दिनपछि उनी डिस्चार्ज भएका हुन् ।

शुक्रबार राति करिब १० बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो राखेर श्रेष्ठले आफू आठ दिनपछि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् ।

‘आज आठ दिनको मेडिसिटी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर आएको छु । खुसी लागिरहेको छ । तर, यो दुःखको घडी हो । यो संसारको प्रलय हो,’ उनी भन्छन्, ‘यो बेला सबैलाई माया गरौँ । शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ ।’

उनले यो बेलामा राजनीतिक इख राखेर आफ्नो मनलाई फोहोर नबनाउन सुझाव दिएका छन् । उनले भने, ‘सबैले सबैको राम्रो र भलार्इ सोचौँ । एकले अर्कालाई वैमन्यश्यता पालेर केही फाइदा छैन । मनमा राक्षसपन पलाउनु मात्र रहेछ ।’

प्रतिक्रिया