बिहीबार, वैशाख १३, २०८१

भारतको एक कोभिड अस्पतालमा आगोलागी, १६ जनाले गुमाए ज्यान

मेरोन्यूज २०७८ वैशाख १८ गते ११:२२

काठमाडौँ । भारतको गुजरात राज्यस्थित एक अस्पतालमा आगोलागी हुँदा १६ जना विरामीको जलेर मृत्यु भएको छ । पटेल वेलफेयर कोविड अस्पतालमा शुक्रबार राति भीषण आगोलागी भएको हो ।

अस्पतालका सूचना अधिकारी जुबेर पटेलले १४ जना विरामी र २ जना नर्सको आगोलागीमा जलेर मृत्यु भएको जानकारी दिएका छन् । यस अस्पतालमा थप ५० जना विरामी भर्ती रहेका थिए । अस्पतालमा आगो लागी भएपछि बाँकी विरामीलाई अन्य अस्पतालमा भर्ना गरिएको छ ।

घटनापछि गुजरातका मुख्यमन्त्री विजय रूपानीले दुःख व्यक्त गरेका छन् । उनले मृत्युु हुनेप्रति समवेदना प्रकट गर्दै पीडित परिवारलाई ४ लाख रुपैयाँ भारु दिने घोषणा गरेका छन् । घटना विद्युत सर्ट भएर लागेको हुन सक्ने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया