शनिबार, वैशाख ८, २०८१

सन्दर्भ : मई दिवस

यस्तो हुनुपर्छ अवको मजदुर संगठनको कार्यदिशा

जय कार्की २०७८ वैशाख १८ गते ९:५०

आउ साथी हो, रक्तरंजित मई दिवस मनाऔं !
सँधैको कामलाई आजका दिन बिश्राम लगाऔं !!
यो हो तपाई हाम्रो विश्वव्यापी ऐक्यबद्धताको उत्सव !
यसैमा समाहित छ हामी सबैको आत्मा गौरब !!
२४ घण्टालाई तीन भाग लगाई,
तीन आठको नारालाई अझै घन्काउँनु छ
आउ साथी हो, रक्तरंजित मई दिवस मनाऔं !


अन्तर्राष्ट्रिय रक्तरञ्जित मई दिवस मनाउनु भनेको त्यसको विश्वव्यापी क्रान्तिकारी उदेश्य पूर्तिको लागि जागृत गराई श्रमिक तथा श्रमजीविबर्गको अधिनायकत्वमा बैज्ञानिक समाजवाद स्थापनार्थ निरन्तर लागिरहनु हो । त्यसको रक्षा र विकासमा सामेल हुनु हो, पुँजिवादी शोषणको नयाँ नयाँ मोडललाई पहिचान गरि ध्वस्त गर्नु हो । साथै मजदुरका पेसागत अधिकारका लागि हरदम तत्पर रहनु हो । मजदुरहरुलाई व्यापकरुपमा गोलवन्द गर्दै राज्यसत्तामा उनीहरुको भूमिकालाई बढाउँदै लैजानु हो ।

तर के मजदुर दिवसले गर्नुपर्ने प्रण अनुसार नेपालका टेड युनियन आन्दोलन त्यही बाटोमा हिडेको छ त ? प्रश्न अनेक छन् ।

सिधा भन्न सक्नुपर्छ,- नेपाली ट्रेड युनियनहरुले बाटो बिराउँदै गएका छन्, बर्गसमन्यवादी धार समात्दै छन्, एनजिओजीवि भएका छन ।राज्यसत्तामा श्रमजीविवर्गको भूमिका घट्तै गएको छ, क्रान्तिकारी मजदुर संगठनहरुले उठाउने श्रमको मुद्दा र कारवाहीहरु कमजोर हुँदै गएको छ ।

यही ठम्याई छ प्रगतिशील तथा बाम बिश्लेषकहरुको पनि । नेपाली मजदुरहरुले प्रष्ट हुनुपर्छ समाजवादभन्दा अलग दृष्टिकोण राखेर मजदुर मुक्तिको आन्दोलन सम्भव छैन । त्यसमा आँशिक सत्यता पनि छ । तर क्रान्ति र आमूल परिवर्तनमा समर्पित नेपाली मजदुरहरुले आन्दोलनको मोडललाई समयनुकूल परिमार्जन गरेका छन् ।


क्रान्तिकारी रुपान्तरण र बैज्ञानिक समाजवादी आन्दोलनमा जुट्ने अठोटलाई निरन्तरता दिईरहेका छन् र गैरक्रान्तिकारी बाटोलाई जोड्दाररुपमा घृणा र बहिष्कार गरिरहेका छन् । उनीहरुले क्रान्तिको बाटोलाई परित्याग गरेका छैनन् त्यो मामिलामा उनीहरु गंभीर रहेका छन् ।

आगामी कार्यदिशाका बारेमा छलफल घनिभूतरुपमा भैरहेको छ । क्रान्तिकारी मजदुरहरु वीचको एकतालाई दृढतापूर्वक अघि बढाई रहेको छ । यो क्रमलाई अझ बढाएर लैजानुपर्ने आवश्यकता अझ बढेर गएको छ । यसमा मूल भूमिका भने कम्युनिष्ट पार्टीको नै हुन्छ । संघीय गणतन्त्र नेपालको क्रमिक बिकास भैरहेको अवस्थामा चर्को वैचारिक अन्तरसंघर्ष चलिरहेको छ । प्रतिगनलाई परास्त गर्न सफल भएको छ तर पनि श्रृंखलाबद्धरुपमा भैरहेका षडयन्त्रलाई चिर्न अझ एकताबद्ध र मजबुत संगठन र पार्टीको आवस्यकता परेको छ ।

बैचारिक रुपमा प्रष्टता लइाउने, क्रान्तिप्रतिको निष्ठालाई सधै उच्चस्थानमा राख्ने र मजदुर किसानका मुद्दा, आन्दोलन र वलिदानलाई आत्मसाथ गर्ने हो भने अझै पनि आन्दोलनलाई नयाँ ढंगले केन्द्रीकृत गर्ने बाटो खुल्नेछ । प्रतिगामी उत्पदानको भट्टिलाई भत्काउँन बैचारिक, राजनैतिक तथा घोर अवसरवाद तथा पदलोलुप्तावाद जस्ता अत्यन्तै घिनलाग्दो षडयन्त्रका विरुद्धमा उभिनेक्रममा ट्रेड युनियन आन्दोलनभित्र जर्वजस्त हुर्किरहेको अर्थवादी भ्रष्ट धाराको विरुद्धमा नलडि प्रतिगामी धारको अन्त्य नहुने पक्का छ ।

संगठनभित्र क्रान्तिको खोल ओढेर बसेका र क्रान्तिप्रति बेलामौकामा इमान्दार देखिई टोपल्ने र ब्यक्तिगत लाभ र मौका आउँनासाथ क्रान्तिलाई ध्वस्त पार्न कम्मर कस्ने प्रतिगामीहरुका विरुद्धमा नलडेसम्म मजदुर आन्दोलनले सही बाटो समाउन सक्तैन । यो कुरामा हेक्का राख्नु आजको प्रमुख कर्तब्य हो ।

बर्तमान अबस्थामा नेपालमा प्रतिगामी र पुनरउत्थानवादीहरुको बुई चढेर अमेरिकी साम्राज्यावाद र भारतीय बिस्तारबाद आईरहेकोले सबैभन्दा खतरा प्रतिगामीहरु भएका छन् । प्रतिगमनका बिरुद्ध निर्ममतापूर्वक लडिएन भने, बैचारिक लडाईलाई खँदिलो पारिएन भने नेपाली मजदुर वर्ग नै पहिलो सिकार हुँदारहेछन भन्ने पुष्टि भैसकेको छ ।

यसर्थ अवको मुजदुर आन्दोलनले निरुपण गर्नुपर्ने विषय धेरै छन् । अझ कोभिडले थिलथिलो बनाएको मजदुर वर्ग लाई हो । यो सँग जुधेर अगाडी जानुपर्ने वाध्यतामा पनि मजदुरहरु यतिवेला छन् ।

नेपाली मजदुरहरुले सामान्यत: देहायका विषयमा ध्यान दिनुपर्दछ :-
♦ महामारी बिरुद्धको कदमलाई दृढतापूर्वक अघि बढाई श्रमिकहरुलाई फ्रन्ट लाईनमा काम गरिरहेकाहरु बराबरीको मान्यता दिई खोपको माग गर्नुपर्दछ ।


♦ कोभिड महामारीको आड लिएर मजदुर निष्कासन, तलब सुबिधा नदिने र घटाउँने, दमन तथा यातना विरुद्धका सबै खाले औजार प्रयोग गरी श्रमिकबर्गलाई संगठनले गर्छ र हाम्रो भरोस संगठनप्रति छ भन्ने बनाउँन महत्वपूर्ण भूमिका खेल्नु अतिआवश्यक छ । त्यत्तिक्कै आवश्यकता दलालहरुका बिरुद्धमा लड्नु पर्ने बाध्यता हाम्रो सामु आएको छ ।

♦ साम्राज्यवादी अमेरिकाले लादेको एमसीसी बिरुद्धमा खरोरुपमा उत्रिनु पर्ने अवस्था आएको छ ।
♦ भारतीय बिस्तारबादका विरुद्धमा लिपुलेक लिम्पियाधुरा लगायतको क्षेत्रमा गरेको सिमाना अतिक्रमण लगायत विस्तारवादी हस्तक्षेप बिरुद्ध उत्रिनु त्यत्तिक्कै आवश्यक छ ।


♦ श्रमिक बिरोधी नबउदारबादी आर्थिक प्रणालीले ल्याएको संकटका विरुद्धमा हाम्रो आन्दोलन जारी रहनु पर्दछ ।
♦ शक्तिशाली मजदुर आयोग गठनको माग अहिले आएर पूरै ओझेलमा पारिएको छ । मजदुर आयोगको गठन बिना श्रमिकवर्गको हित हुन सक्तैन र अदालतको जाँतोमा पिसिईरहन्छन भन्ने उदाहरण यो केही वर्षले राम्ररी प्रमाणित गरेको छ । त्यसकारण जोडदारले मजदुर आयोग गठनको विषयलाई उठाईरहनु पर्दछ ।


♦ समय अनुकूल मजदुरमैत्री हुनेगरी कानुनमा सुधार गरिनु पर्दछ । श्रम ऐनको दफा १४५ लगायतको केही दफाको संशोधन नगर्ने हो भने संघ, संगठन बााकी रहन्न ।
♦ ट्रेड युनियन ऐन राजा विरेन्द्रको पालाको छ संघीय गणतन्त्र नेपालको संबिधा अनुरुप संशोधन गर्न हदै विलम्ब भएको छ । तत्काल संशोधनमा लैजानु पर्दछ ।
♦ सबै क्षेत्रमा सामाजिक सुरक्षाको कार्यक्रमलाई अनिवार्य लागू गराउँन सर्बत्र आन्दोलन उठाउँनु पर्दछ ।

♦ ब्यवसायजन्य स्वास्थ्य सुरक्षाको कार्यक्रम निरर्थक भएको छ त्यसकालागि गतिलो कदम चाल्नुपर्दछ ।

♦ कानुन अनुसार प्रत्येक दुई वर्षमा बढाउँनु पर्ने बेतन बृद्धिकोे मागलाई अब निर्णायक बनाउँनु पर्दछ ।
♦ ट्रेड युनियनहरुलाई बद्नाम गराउँने सबैप्रकारका तत्वका विरुद्धमा लड्न सकिएन भने समाजबादी आन्दोलन संधैको लागि धरापमा पर्ने खतरा रहेकोले संझौताहीन संघर्षमा उत्रिनै पर्दछ । त्यसकालागि मजबुत सिद्धान्तनिष्ठ संगठन र विशाल क्रान्तिकारी डफ्फाको आवश्यकता पर्दछ । त्यसकारण क्रान्तिकारी तप्काजतिलाई भरमग्दूर एकताको सूत्रमा बाँँध्नुपर्दछ वा आवश्यकता र आन्दोलनको उभारलाई ध्यानमा राखेर संयुक्त मोर्चा पनि खडा गर्नुपदछ ।
♦ बेरोजगारी बिरुद्धको संघर्षलाई मजबुत बनाउँन सकिएको छैन, प्रतिवर्ष थपिँदै गएको बेरोजगारीको सार्थक समाधानको खोजी र दबाबको आवश्यक्ता छ ।

(कार्की अखिल नेपाल टेड युनियन महासंघका नेता हुन् )

प्रतिक्रिया