शुक्रबार, वैशाख १४, २०८१

बँदेलको आक्रमणबाट मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते ९:३३

चितवन । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

प्रतिक्रिया