बिहीबार, वैशाख १३, २०८१

कोरोना सङ्क्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते ९:२९

धनगढी । कैलालीमा थप दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

कोरोनाका कारण मृत्यु हुनेमा जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गएराति १ बजे मृत्यु भएको जोशीले बताए ।

प्रतिक्रिया