बुधबार, वैशाख १२, २०८१

गगन थापाको प्रश्न– प्रधानमन्त्रीज्यू सरकारले महामारीमा सक्तिन भनेर हात उठाउन मिल्छ ?

मेरोन्यूज २०७८ वैशाख १८ गते ९:१६

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना महामारीमा सरकारले हात उठाउन नहुने बताएका छन् ।

सरकारको प्राथमिकतामा कोरोना संक्रमण नियन्त्रण नपरेको उनको आरोप छ । उनले अझै पनि कोरोना संक्रमण नियन्त्रण सरकारको प्राथमिकतामा नपर्ने आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

“प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्नु आपत्तिजनक छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कठिन छ तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ । प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं । कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।”

प्रतिक्रिया