शनिबार, जेठ ५, २०८१

साउथहेम्प्टन र लेष्टरको १/१ गोलको बराबरी

मेरोन्यूज २०७८ वैशाख १८ गते ७:५६

काठमाडौं । ईङलिश प्रेमियर लिग फुटबलको पछिल्लो खेलमा साउथहेम्प्टन र लेष्टर सिटीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Advertisement

घरेलु मैदानमा खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको साउथहेम्प्टनले लेष्टरसंग अंक बाँडेको हो । १० औं मिनेटमा जान्नीक भेष्टरगार्डले रातो कार्ड खादै मैदान छाड्न बाध्य भएपछि सुरुवातमै घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

२ सय ५२ खेलको फुटबल करियरमा भेष्टरगार्डले पहिलो पटक रातो कार्ड खाएका हुन् ।

खेलमा अधिकांश समय लेष्टरको दबाव खेपेपनि साउथहेम्प्टनको रक्षापङ्तिले उत्कृष्ट प्रर्दशन गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो ।

वार्ड प्रोसेले पेनाल्टिमार्फत गोल गर्दै साउथहेम्प्टनलाई अग्रता दिलाए । तर उसको अग्रता लामो समय रहन सकेन् । साउथहेम्प्टनले गोल गरेको ७ मिनेटपछि अर्थात ६८ औं मिनेटमा जोनी ईभान्सले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्‍याए ।

त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । बराबरीपछि लेष्टर ६३ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । साउथहेम्प्टन ३७ अंकमा १४ औं स्थानमा छ ।

प्रतिक्रिया