शुक्रबार, वैशाख १४, २०८१

डा.बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफलतापुर्वक शल्यक्रिया

मेरोन्यूज २०७८ वैशाख १७ गते १९:२९

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफलतापुर्वक शल्यक्रिया भएको छ । वीर अस्पतालमा आज बिहान डा.सुबोध अधिकारी नेतृत्वको टोलीले डा.भट्टराईको शल्यक्रिया गरेकोे हो ।

शल्यक्रिया सफल भएको नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । यसअघि क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुल क्यान्सर नभएको बताएका थिए ।

प्रतिक्रिया