शुक्रबार, चैत १६, २०८०

स्वास्थ्य मन्त्रालयले भन्यो – यी २२ जिल्लाका अस्पतालमा बेड खाली छैन

मेरोन्यूज २०७८ वैशाख १७ गते १८:१८


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब यी २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले नेपालका मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताए ।

मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि उनले आग्रह गरे । अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएकाले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया