बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ उपत्यकामा झण्डै ३ हजार कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १७ गते १६:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २९५६ कोरोना संक्रमित थपिएको छ । जसमा काठमाडौँमा मात्रै दुई हजार ४०४ जना रहेका छन् । यसैगरी ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

प्रतिक्रिया