बिहीबार, वैशाख १३, २०८१

१६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरीक पक्राउ

मेरोन्यूज २०७८ वैशाख १७ गते १५:३६

भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना भारतीय नागरीक पक्राउ परेका छन् ।

प्रहरीले चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस घटनाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले सुझाएका छन् ।

प्रतिक्रिया