बुधबार, वैशाख ५, २०८१

सरकारको लापरबाहीले कोरोना संक्रमण ह्वात्तै बढ्यो : सभापति देउवा

मेरोन्यूज २०७८ वैशाख १७ गते १५:१७
तस्विर : जुली गिरी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहाद्र देउवाले देशमा कोरोना भाइरस (कोभिड–१९) ह्वात्तै बढेको बताएका छन् । उनले आफ्नो निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी कोरोनाबारे पार्टीको धारणा पेश गर्दै यस्तो बताएका हुन् ।

सभापति देउवाले सरकारको लापरबाहीले कोरोना संक्रमण देशले धान्नै नसकिने अवस्थामा पुगेको बताए । उनले भने, ‘कोरोना नियन्त्रणमा सरकारले ठूलो लापरबाही गरेको छ । यो लाचार सरकारले नेपाली कांग्रेससहित अन्य दल तथा विज्ञले दिएको सुझाव मानेनन् । त्यसैले देशको हालत यस्तो अवस्थामा पुग्यो ।’

प्रतिक्रिया