बिहीबार, वैशाख १३, २०८१

भरतपुर अस्पतालमा दुई संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १७ गते १५:०१

भरतपुर । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ ।

बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको हो । रासस

प्रतिक्रिया