बिहीबार, चैत १५, २०८०

रहेनन् भारतीय टेलिभिजन पत्रकार रोहित सरदाना

मेरोन्यूज २०७८ वैशाख १७ गते १४:४१

एजेन्सी । कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ ।

केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएका सरदानाको ४० वर्षको उमेरमा निधन भएको हो।

अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । एक हप्तअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताएका थिए । तर पहिलेभन्दा स्वास्थ्य अवस्थामा सुधार भएको पनि उनले बताएका थिए ।

सरदानाले जी न्युजमा पनि काम गरेका थिए । उनले सन् २०१७ मा जी न्युज छाडेर आज तक गएका थिए । आजतकमा उनले ‘दंगल’ चलाउँथे । पछिल्लो समय राति दस बजे आउने कार्यक्रम ‘दस तक’ पनि चलाउँदै आएका थिए ।

Advertisement

प्रतिक्रिया