शुक्रबार, चैत १६, २०८०

पार्टीबाट सांसद निष्कासनविरुद्ध अध्यक्ष ठाकुर आयोगमा

मेरोन्यूज २०७८ वैशाख १७ गते १४:३४

काठमाडौँ । लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । उनले २०७७ पुस ७ गतेपछि पार्टीको कुनै नबसेको समेत बताएका छन् ।

पार्टीको बैठक नबसेको बेला लुम्बिनीका सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् ।

प्रतिक्रिया