शुक्रबार, वैशाख ७, २०८१

डा. बाबुराम भट्टराईको वीर अस्पतालमा ट्युमरको सर्जरी हुँदै

मेरोन्यूज २०७८ वैशाख १७ गते १३:०७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको आज न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । । शल्यक्रियाका लागि डा.भट्टराई बिहीबार वीर अस्पताल भर्ना भएका थिए । सर्जरी वीर अस्पतालमा बरिष्ठ सर्जन डा सुवोध अधिकारीको नेतृत्वमा हुँदैछ ।


शल्यक्रियाको नेतृत्व गर्दै गरेका डा।अधिकारीले डा. भट्टराईको छिटै ट्युमरको सर्जरी गर्नु पर्ने भएकोले नै कोभिडको महामारीको बेलामा पनि केही समय नपर्खी यो शल्यक्रिया गर्न आटिएको बताए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।

तर त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज शल्यक्रिया गर्न लागिएको हो ।

प्रतिक्रिया