शुक्रबार, वैशाख १४, २०८१

रुपन्देहीमा आइसियूको प्रतिक्षा गरिरहेका कोरोना संक्रमितको वार्डमै मृत्यु

मेरोन्यूज २०७८ वैशाख १७ गते १२:२८

काठमाडौँ । लु्म्बिनी प्रादेशिक अस्पतालमा आइसियूको बेड नपाएर एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव हुँदा अस्पतालको इमर्जेन्सी वार्डमै बुटवल ११ का ८३ वर्षीय पुरुष मृत्यु भएको हो ।

गत १५ गते इमर्जेन्सीमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा १६ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि हुँदा पनि अस्पतालमा आइसियू बेड खाली नहुँदा उनी एक दिनदेखि आइसियूको प्रतिक्षामा थिए ।

अक्सिजनको सहायतमा राखिएको उनको आज बिहान करिब साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमणबाट मृत्यु हुने संख्या एक सय ८८ पुगेको छ ।

प्रतिक्रिया