मंगलबार, वैशाख ११, २०८१

जसपा विवाद

यस्तो रहेछ उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय (माइन्युटसहित)

मेरोन्यूज २०७८ वैशाख १७ गते १२:२८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सहित ४ जसपाका सांसदले एक घण्टा नवित्दै मुख्यमन्त्रीकै क्याविनेटमा मन्त्री वन्न पुगेपछि जसपाभित्रको विवादले उग्र रुप लिएको छ ।

विवाद वढदै जाँदा मन्त्री बन्न पुगेका चार सांसदलाई उपेन्द्र यादव पक्षले सांसद वाटै हटाउने गरी निर्णय लिएको छ । तर त्यो निर्णयलाई महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने अश्वीकार गरेको छ ।

महन्थ पक्षले पार्टी बैठक नै नवसेको र फर्जी निर्णय लिएको बताईरहँदा उपेन्द्र यादव पक्षको वैठकको निर्णय र निर्णयमा हस्ताक्षर गर्नेहरुको सूची सहितको माइन्यूट मेरो न्यूज डटकमले प्राप्त गरेको छ । ५१ सदस्यीय कार्यकारी समितिमा २६ जना सहभागी रहेको र बहुमतले हस्ताक्षर गरेको देखिएको छ ।

प्रतिक्रिया