बिहीबार, चैत १५, २०८०

भारतमा एकैदिन ३ लाख ८६ हजार जनामा कोरोना पुष्टि, ३ हजार ४९८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १७ गते ११:५३

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टामा मात्रै कोरोनाको संक्रमणबाट ३ हजार ४९८ जना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४५२ संक्रमित थपिएका हुन् । यो अवधिमा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले पुष्टि गरेको हो ।

पछिल्ला केहि दिन यता भारतमा हरेक दिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक तीन हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया