शुक्रबार, चैत १६, २०८०

अन्तर्वार्ता

कृषिमा क्रान्ति ल्याउन अर्गानिक खेतीमा लागेको हुँ : गोल्यान

किरण अधिकारी २०७८ वैशाख १७ गते ११:५२

काठमाडौँ । नेपालमा ठूला औद्योगिक व्यवसायिक घरानामध्ये एक हो– गोल्यान समूह । कृषिजन्य वस्तुको आयात न्युनिकरण गर्दै निर्यातमा जोड दिँदै आएको समुह हो, यो । आयातभन्दा निर्यात व्यापारमा जोड गर्न सके देशको आर्थिक क्षेत्रमा बलियो योगदान पुर्याउने विश्वास गोल्यान समूहका अध्यक्ष पवन गोल्यानको छ ।

आफूले अर्गानिक कृषिलाई टेकेर “कृषि प्रधान देश नेपाल” नारालाई व्यवहारमा बदल्न लागि परेको पवनको दाबी छ । कृषि क्षेत्रमा पनि आर्गानिक कृषि उनको मुख्य उद्देश्य हो । यसैमा उनले अर्को उदाहरण पेश गर्न खोजेका छन् ।

अर्गानिक उत्पादनले जो कोही व्यक्तिको स्वास्थ्यलाई स्वस्थ्यकर बनाउने र मानिसमा पहिलो रुची हुने बुझाई गोल्यानको छ । आफूले थालेको व्यवसायको लक्ष्य पूरा हुने आशामा रहेका उनै उद्योगी, व्यवसायिक घरनाका व्यक्ति गोल्यानसँग मेरो न्यूज डटकमका किरण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :–

आफ्नै व्यवसाय गरिरहनु भएको मान्छे अर्गानिक खेतीमा लाग्नु भएको छ, यसतर्फ के कुराले तपाईलाई आर्कषित गरायो ?

नेपाल निर्यातभन्दा आयातमा बढी भर पर्दै जान थाल्यो । सबै वस्तुमा हामी परनिर्भर रहने अवस्था आउन दिनु हुँदैन भन्ने मेरो मूल उद्देश्य हो । त्यसमाथि कृषिका उत्पादनहरुमा हामीले आयात रोक्नु पर्ने हुन्छ ।

Advertisement

सबै वस्तुको निर्यात गर्न नसके पनि कृषि क्षेत्रका उत्पादनहरु मात्रै केही मात्रामा निर्यात गराउन सके “कृषि प्रधान देश नेपाल” भनेर चिनिन्थ्यो । जुन नारामा मात्र सिमित हो की ? भन्ने लाग्यो र विषादीयुक्त कृषि (अर्गानिक खेती)मा लाग्ने सोचका साथ काम सुरु गरेँ । नेपालको पूर्वी क्षेत्र झापाबाट यो अभियान शुरु गरेको छु । मलाई सबै परिवारका सदस्यले साथ दिएकाले सहज भएको छ ।

अर्गानिक खेतीको सम्भावना देख्नु भएको छ ? अहिलेको जमनामा यो आफैमा जटिल विषय होइन र ?

सम्भावना देखेरै मैले यो क्षेत्रमा पाइला राखेको हुँ । सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई टेकेर म यतातिर लागेको छु । मेरो घर÷परिवारलगायत पूर्वका सबै किसानको साथले विषादीयुक्त आर्गानिक खेतीमा लागेको हो ।

म सानो हुँदा खाने सबै खाद्य वस्तुमा मिसावट हुँदैन थियो । कृषि मल घर पालुवा पशुबाट नै उत्पादन गरिन्थ्यो । जुन खानयुक्त अर्थात अर्गानिक भन्नेमा कुनै दुविधा थिएन । पछि सबै मिश्रित अखाद्य वस्तुको बढावा हुन थाल्यो । आधुनिक किसिमको कृषि मल बजार आउन थाल्यो । त्यो पनि गुणस्तरहिन भएकाले अर्गानिक खाद्य भएन । मान्छेहरुका स्वास्थ्य बिग्रदै गयो । म पनि विरामी भएँ । पूर्वी तराईमा बस्ने मान्छे म, काठमाडौँमै बस्न बाध्य भएँ ।

अनि, खाद्य शुद्धताका लागि अर्गानिक खेतीमा लाग्ने विचार गरेको हुँ । सबै नेपाली कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा मेरो जोड रहेको छ । पूर्वबाट सुुरु भएको अभियान सबै प्रदेश, सबै जिल्लामा लागू हुने आशामा छु । सबै क्षेत्रका सबै समुह गोल्यान समुहसँग संलग्न भए काम गरे राम्रो हुन्थ्यो । यसमा सम्भव पनि देखेको छु ।

काम सुरु गर्नु भएको स्थानमा स्थानीयबासीको कस्तो सहयोग पाउनु भएको छ ?

पहिले नै सबैको सहयोगले अर्गानिक खेतीमा पाइला टेक्ने योजना भएको थिएँ । सोहीअनुसार काम सुरु गरेको छु । तर, गुणस्तर चिह्न प्राप्त गरी विदेश निर्यात गर्न अर्गानिकमा शुद्धता आउन अझै केही वर्ष लाग्छ । आगामी दिनमा घर पालुवा जनावरको शुद्ध मल तथा घरायसी उत्पादन मल प्रयोगमा जोड दिन सबै गाउँले लागेकाले सहयोग हुन्छ भन्ने आशा गरेको छु ।

पछिल्लो समय झापामा धेरै किसान अर्गानिक खेतीमा आकर्षित भइसकेका छन् । अन्य जिल्लाका किसानहरुलाई पनि यसरी नै अर्गानिक खेतीमा लाग्न प्रोत्साहित गर्दै जाने र उनीहरुलाई पनि सहयोग गर्ने चाहना भए पूरा हुन्छ । झापाका केही क्षेत्रमा होमस्टेको पनि निर्माण गरेकाले घरमै रोजगारी बढेको छ । सबैले ‘हातमा हैसे’ गरे । बन्देज सरकारी कार्यालयबाट प्रमाणका लागि केही बाधा हुने भएकाले सबै क्षेत्रमा पूर्णता दिन सहज भएन ।

अब सरकारी निकायले सबै क्षेत्रमा स्थलगत प्रमाणित गरेपछि राम्रो हुन्थ्यो । मलाई लाग्छ केही समयमा सरकारी तगारो समेत हट्ने छ ।

अर्गानिक खेतीका लागि आवश्यक बिऊ विजन तथा मल कसरी ल्याउनु भएको छ ? यस्तै, उत्पादन भएका सामानालाई बिक्री गर्न कसरी सहजता भइरहेको छ ?

दुई सय विहागाबाट सुरु गरेको अर्गानिक खेतीका लागि आवश्यक पर्ने बिऊ, मल, उत्पादनका लागि नेपााल तथा बंगलादेशका कृषि विज्ञ, नेपालका कृषि विद्यार्थी समुहले स्थलगत अध्ययन गरी जग्गा छनोट गरिएको हो । सबै जग्गामा एउटै बाली होइन । धान, केहीमा तरभुजा, केहीमा फूलगोभी, बन्दा, मेवा, तोरी, गहुँ आलु, स्टेबरी लगाएका छौँ ।

प्रत्येक गाउँमा एक जना कृषि विज्ञले जैविक मल तथा जैविक विषादी बनाउन तालिम दिने गरेका छन् । फरक यो पनि छ कि, हामीले तालिम दिँदा स्थानीय वस्तुको प्रयोग गर्छौँ । जस्तो, गाई भैंसीको मलमूत्रबाट जैविक मल र विषादी बनाउने ज्ञान दिने गरेका छौँ । यसले गर्दा किसानहरुको केमिकलहरु किन्ने पैसा बच्ने र स्थानीय वस्तुबाटै जैविक मल र विषादी बनाउन सकिनेबारे ज्ञान लिइरहेका छन् ।

जुन ज्ञान हामी किसानलाई दिन्छौँ, त्यसले गाउँमा उपलब्ध साधन स्रोतबाट कृषिमा प्रयोग हुने सबै प्रकारका सामग्री निर्माण गर्न सक्छन् । किसानलाई अर्गानिक खेती गर्दा लागत कम हुन्छ भन्ने बारे बुझाउन जरुरी छ । जस्तो, अहिले भारत, बंगलादेशबाट आउने आलु नै हेरौँ न । बंग्लगादेशबाट दैनिक ३० ट्रक त आलु नै आउँछ । बंगलादेश सरकारले किसानलाई निर्यात गर्दा ३० प्रतिशत रकम अभियान स्वरुप दिन्छ ।

तर, हाम्रो देशका किसानले त्यसलाई पूरा गर्न गाह्रो भएकाले लागत बढी छ । अहिले व्यवसायिकभन्दा प्रयोगात्मकतामा जोड दिएका छौँ । हामीले खेती सुरु गरेको जग्गा थोरै हो । अब स्थान र खाद्य वस्तुमा फरकता ल्याएर प्रमाणितमा जोड दिन्छौँ । र, बेच्न लैजान्छौँ । यो साढे २ वर्षमा झापाका किसानको साथले पाइला डग बगाएको छैन । अर्गानिक खेतीका लागि मैले अघि भने झै स्थानीय, बिऊ पहिलो पटक बंगलादेश, भारतबाट प्रमाणितयुक्त आयात अर्को वर्षदेखि त नेपालमा उत्पादन हुने वस्तुको मल संरक्षण गर्न सकिन्छ ।

अर्गानिक खेतीप्रति किसानको आकर्षण बढाउन के गर्दै हुनुहुन्छ ?

हाम्रो मोडल के हो भने हामी स्वयं गाउँ अवलोकनमा जान्छौँ । त्यहाँको अवस्था र के गर्दा राम्रो हुन्छ भन्नेबारे अध्ययन गर्छौं । हामीसँग एक एनजिओ (आश्रय नेपाल)ले पनि सहकार्य गरेको छ । यसले किसानलाई तालिम दिन सहयोग गर्दै आएको छ । हामी हरेक गाउँमा कृषिविज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरिरहेका छौँ ।

गाउँघरमा हुने गौमूत्र, निम, धतुरोहरुबाट विषादी बनाउने ज्ञान उनीहरुलाई दिएपछि आफ्नै आँगनमा भएका सामानको प्रयोग हुने र अनावश्यक खर्च जोगाउने प्रयास गर्छौँ । यसले किसानहरु उत्साहित हुन्छन्, जसले हामीले बनाएको जस्तो योजनामा काम गर्न पाउछौँ ।

अर्गानिक उत्पादनले स्वास्थ्यलाई फाइदा हुन्छ भन्छन्, हो ?

हाहाहा… यसबारेमा मैले केही बोल्नु पर्दैन । गुणस्तर विभाग, स्वास्थ्य सेवक, बिरामी व्यक्ति सबैलाई एकैपटक एकै स्थानमा केही दिन राखेर अनुसन्धान गर्नु पर्छ । तर मैले नेपाली ओखर पानीमा रातभर भिजाएर अर्को दिन बिहान खान्छु । कुनै अर्को देश र नेपाली स्वादमा आउने फरकता मैले महशुस गरेको छु ।

महत्वपूर्ण पक्ष के हो भने, किसानलाई विषादीको प्रयोगले बिरामी बनाइरहेको छ । विषादीको प्रयोग गरेको दुई दिन त उनीहरु खाना खान पनि सक्दैनन् । यसले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेकामा उनीहरु अनभिज्ञ छन् । यसबारे उनीहरुलाई सचेत गराउन जरुरी छ ।

निरन्तर विषादीको प्रयोग गर्नु र विषादीयुक्त खाने कुरा खाँदा क्यान्सर जस्तो खतरनाक रोगको सिकार धेरै किसान नै बन्न पुगेकोप्रति हामी स्वयम् अनभिज्ञ छौँ । जब अर्गानिक खेतीको सुरुवात भयो मानिसमा विभिन्न रोगको समस्या हट्न थालेको छ । अहिले अधिकांशले बुझ्न पनि थालेका छन् ।

खाद्ययुक्त वस्तु अर्थात् अर्गानिक भनेको त्यही हो । कुनै रेष्टुरेन्ट, होटलमा हामी बस्दा पनि स्वास्थ्यलाई ध्यान दिँदै खानेकुरा अर्डर गरे अर्गानिकको बाहुल्यता बढ्छ । र, थाहा हुन्छ स्वास्थ्यलाई फाइदा हुन्छ हुँदैन । यो सैद्धान्तिक होइन प्रयोगात्मक हो । तपाई पत्रकार, तपाईले खाने कुरालाई कत्तिको प्राथमिकता दिनु भएको छ ? कुनै सामान किन्दा मिति, स्थान, प्रयोग कत्तिको ध्यान दिनु भएको छ ? व्यक्ति आफैले मैले मलाई परिवर्तन गर्छु भन्यो भने राम्रो हुन्छ की ?

विषादियुक्त खानाका लागि अर्गानिक खेतीको भविष्य के त ?

विषादीयुक्त वस्तुको आयातको बढोत्तरीलाई रोक्न, आत्मनिर्भर बन्न मैले अर्गानिक खेती सुरु गरेको हो । झापाका किसानले दिएको सहयोग म नमरुन्जेल सम्झिरहन्छुँ । सरकारले कृषिमा अनुदान भनेर कुनै समय ३० अर्ब रुपैयाँसमेत छुट्टाएको सबैलाई थाहा छ । तर, त्यो रकम सरकार निकट व्यक्ति, समुह र नेतामा अल्मलियो ।

अर्गानिक खेतीको भविष्यका लागि कृषिमा सिंचाइँको व्यवस्था हुनुपर्छ । किसानलाई कृषिको सबै क्षेत्रको नयाँ सिप सिकाउनु पर्छ । सबै क्षेत्रको स्थानीयस्तरको अवस्था हेरेर खेती व्यवसाय गराउनु पर्छ । अनि अर्गानिक खेतीको भविष्य राम्रो हुन्छ । यो मापन गर्ने होइन । यसमा सन्तुष्टताका साथै कारोबार स्वरुप रकम प्राप्तमा जोड भए भविष्य राम्रो हुन्छ । केही समय सहयोग, त्यसपछि खर्च उठानसँगै व्यवसायिक बल भए सँधै राम्रो । त्यसमा शुद्धता मापक केन्द्रद्वारा हुन्छ ।

अर्गानिक खेतीको भविष्य राम्रो हुन्छ भन्नेमा म ढुक्क छु । किनकी न त यसअघि कसैले किसानहरुलाई सीप सिकाउँथ्यो ? नत गाउँमा पाकेका केही वस्तु बजारमा लगेर बेच्ने प्रेरणा दिन्थे ? गाउँको यस्तो अवस्था देखेर स्थानीय तहमा गएर मलाई काम गर्न मन लाग्यो ।

म सानो हुँदादेखि आजसम्म व्ययवसाय गर्दै बिताएँ । मेरो सुरुका दिन टाँक उत्पादनमा बित्यो । विस्तारै कपडा उत्पादन, कपास उत्पादन गर्दै बिक्री गर्न लागेँ । अब व्यवहारिक जीवनको रिटायर्ट हुँदै गर्दा कृषिमा क्रान्ति गर्न कस्सिएकाले अर्गानिक खेतीको भविष्य राम्रो छ ।

तपाइँले ताहाचलमा ५ तारे होटल पनि खोल्दै हुनुहुन्छ ? तपाईको होटलमा अर्गानिक खाद्य वस्तु मात्र पाइन्छ त ?

हामी त्यसैको तयारीमा छौँ । अबको एक महिनामा होटल तयारीमा ल्याउने योजनामा छौँ । लकडाउनले केही ढिला भए पनि अवश्य पूरा हुन्छ । यस होटल अन्तर्राष्ट्रिय स्तरमा अर्गानिक भनेर चिनिनेमा दुईमत छैन । तर, सरकारले कुनै पनि लगानीमा विदेशी लगानीलाई सहज लिए नेपाललाई फाइदाको साथै विकासको कदममा सहज हुन्थ्यो ।

कस्तो क्षेत्रमा सरकारले विदेशी लगानीलाई स्थान दिनुपर्छ ?

मुख्य कुरा कृषि क्रान्तिका लागि कृषिमा लगानी पर्ने देखिन्छ । दोस्रो खाद्य उत्पादनका सबै क्षेत्रमा । तेस्रो विकासका पाटा सबैमा । चौथो सकारात्मक उत्तरदायित्वका पाटामा । जस्तै देशका लागि केही योगदान गर्नुपर्छ भनेर म नै गाउँ लागेको छु नि, त्यस्तै व्यापारिक विकाससँगै व्यवसायमा फाइदा लिन रकम फाल्नेको बाटो खुला गर्नुपर्छ । त्यहाँ रोजगार, स्थान र निर्यातमा फाइदा हुनुको विकल्प छैन ।

तपाइँ कृषिमा क्रान्ति भन्दै अर्गानिक खेतीमा लाग्नु भएको छ, कसरी पूरा गर्नु हुन्छ ?

कृषिमा आत्मनिर्भर भए क्रान्ति पूरा हुन्छ । सबैले कृषि गरौँ घर खेत आँगनमा कृषि वस्तु उत्पादन गरौँ, विषादियुक्त, अभियानमा सबैले घरमै केही लगाऔँ र खाने गरौँ । सपना पूरा हुन्छ ।

नेपाललाई कृषि प्रधान देश नारालाई पूरा गर्न सबै जुट्नु पर्छ । त्यतिमात्र होइन, स्थानीय कृषकलाई नयाँ प्रविधिमा ल्याउनु पर्छ । अध्ययनरत विद्यार्थीलाई कृषि विषयमा छात्र÷छात्रावृत्ति प्रदान गर्नु पर्छ । गोल्यान समुहजस्तै विभिन्न संस्था तथा सरहकारी तहले स्थानीय विकासमा सकारात्मक सोचका साथ समुदायमा अध्ययन अध्यापनमा कृषि ल्याउनु पर्छ ।

सेवा दिए मेवा पाइन्छ भन्ने आख्यानलाई लागू गरे देश बन्छ । सबै सपना पूरा हुन्छ । क्रान्ति कृषिमा मात्र होइन सबै क्षेत्रमा चाहिन्छ र लाग्नुपर्छ । मुख्य कुरा जान्नेले नबुझ्नेलाई बुझाउने हो । अर्गानिक खेतीमा लागत कम भन्ने कुरा सबैले बुझे पनि कुरा काट्ने प्रविधिले सबैलाई असहज भएकोमा दुई मत छैन ।

फोटो \भिडियो : जुली गिरी

भिडियो:-

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया